काठमाडौं । महाभियोगमाथि बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका कानून व्यवसायीहरुसँग प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिको छलफल सुरू भएको छ ।
यसअघि १ बजे बस्ने भनिएको बैठक ३ बजेका लागि सारिएको थियो।
नेपाल बार एशोसिएशनका निवर्तमान दुई पदाधिकारीसहित ७ जना कानून व्यवसायीहरुसँग छलफल सुरू भएको हो ।
समितिको बैठकमा नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, महासचिव लिलामणि पौड्याल, बारका पूर्व अध्यक्षहरु शम्भु थापा, हरिहर दाहाल, पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता ओमप्रकाश अर्याल सहभागी भएका छन् ।
Leave a Reply