पाल्पा । वर्षासँगै पहिरो खसेपछि अवरुद्ध सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड एकतर्फी खुलेको छ ।
सडक भिडिजन कार्यालयको पहलमा पहिरो हटाएर एकतर्फी सडक खुलाइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार ढुंगा पन्छाएर हालका लागि एकतर्फी सवारी पास गरिएको र दुईतफी सडक खुलाउने पहल भइरहेको छ ।
यस्तै सोही राजमार्गको बर्तुङ्ग राम्दी सडक खण्ड अन्तरगत रम्भा ३ को सेरामा भने हालसम्म पनि सडक अवरुद्ध छ । लेदोसहितको पहिरोले सडक अवरुद्ध भएको र सडक सुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।
Leave a Reply