Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • अग्निपथ योजनाबारे नेपालले तत्काल निर्णय नगरे नेपाली भर्ना गर्दैनौं : भारतीय सेना प्रमुख

    अग्निपथ योजनाबारे नेपालले तत्काल निर्णय नगरे नेपाली भर्ना गर्दैनौं : भारतीय सेना प्रमुख

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 969
    SHARES

    काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको अग्निपथ भर्ती तत्काललाई फिर्ता हुने बताएका छन् ।

    युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाले बुधवार आयोजना गरेको एक कार्यक्रममा सेनाध्यक्ष पाण्डेले नेपालले निर्णय नगरे नेपालीलाई छुट्याइएको कोटा अन्यलाई दिने बताएका हुन् ।



    भाद्र ९ गतेबाट सुरु हुने भनेको उक्त भर्ना कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको थियो।



    भारतमा उक्त योजनाको अवधि (४ वर्षका लागि मात्र) र यसका प्रवाधानलाई लिएर नेपालमा तीव्र विरोध भएको थियो। पाण्डेले नेपालले समयमै निर्णय नगरे उक्त पद अरुलाई वितरण गर्ने बताएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार