Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • कक्षा ११ र १२ का शिक्षकको ‘पेनडाउन’

    कक्षा ११ र १२ का शिक्षकको ‘पेनडाउन’

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । कक्षा ११ र १२ मा अध्यापन गर्ने शिक्षकले बिहीबार देशभरका सामुदायिक माध्यमिक विद्यालयमा पेनडाउन गरी पठनपाठन बन्द गरेका छन्।

    सात लाख विद्यार्थी अध्ययन गर्ने ११ र १२ कक्षाका लागि ३० वर्षदेखि स्थायी दरबन्दीका शून्य शिक्षक रहेको भन्दै आन्दोलन गरिरहेका उनीहरूले पेनडाउन गरी पठनपाठन बन्द गरेका हुन्।



    विद्यालयमा आधारभूत, निम्न माध्यमिक तथा ९ र १० कक्षाको माध्यमिक तहका साथै विश्वविद्यालय तहमा मात्र स्थायी शिक्षकको व्यवस्था गरेर सरकारले लामो समयदेखि ११ र १२ कक्षालाई उपेक्षा गरी शैक्षिक गुणस्तर कमजोर बनाउने र कार्यरत शिक्षकको भविष्यसमेत अनिश्चित बनाएकाले पेनडाउन गर्न बाध्य भएको माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)का अध्यक्ष दीपकराज सुवेदीले बताए।



    ११ र १२ कक्षाका लागि अनुदानका चार हजार र अस्थायी दरबन्दीका दुई हजार शिक्षक कार्यरत छन्। शिक्षक अभावका कारण वर्षौँदेखि कार्यरत आंशिक शिक्षकलाई न्यून पारिश्रमिकमा दैनिक ५ देखि ६ पिरियडसम्म पढाउन लगाउने गरिएको हिस्टुनको दाबी छ।

    हिस्टुनले शिक्षक दरबन्दी र व्यवस्थापनमा सरकारले ध्यान दिनु पर्ने, उच्च माध्यमिक तहमा लामो समय सेवा गरी उमेरका कारणले अनिवार्य अवकासमा जाने शिक्षकलाई विशेष सुविधाको व्यवस्था गर्नु पर्ने शिक्षकहरुको माग छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार