Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • पहिरोका कारण सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अवरुद्ध

    पहिरोका कारण सिद्धार्थ राजमार्गको पाल्पा खण्ड अवरुद्ध

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    पाल्पा । निरन्तरको वर्षासँगै पहिरो खसेपछि सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

    वर्षासँगै तिनाउ गाउँपालिकास्थित पौठेडाडाँमा ढुंगासहित र रम्भा ३ सेरामा लेदोसहितको पहिरोले आवागमन बन्द भएको प्रहरीले जनाएको छ ।



    पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले दिए । सडक डिभिजन पाल्पाको स्काभेटर मगाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।



    बुधबार बेलुकादेखि निरन्तर पानी परेका कारण अन्य स्थानमा पनि पहिरो खस्ने जोखिम रहेको हुँदा सावधानी अपनाएर अत्यावश्यक काममा मात्रै यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार