Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै

काठमाडौं । कैलालीको धनगढीमा सोमबारदेखि २०औं सत्याग्रह थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ ।

लामो समयसम्म पानीबाहेक खानेकुरा नखाँदा डाक्टर केसीको स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेको सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमरले बताए।

उनले सुगर लेबल कम भएको, सास फेर्न समस्या हुँदै गएको र कमजोर हुँदा मसलहरूमा समेत समस्या देखिएपछि अस्पतालमा राखेर उपचार भैरहेको बताए ।

स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्ता केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा गत सोमबारदेखि बसिरहेका डाक्टर केसीको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको हो ।

धनगढीको एलएनचोकस्थित कृष्णमन्दिरको धर्मशालामा  केसीले ७ बुँदे मागसहित अनसन सुरू गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077