Online Nepal
  • बिहिबार, २७ भाद्र २०८१
  • लोसपा सांसद अरगरिया एमाले प्रवेश गर्दै

    लोसपा सांसद अरगरिया एमाले प्रवेश गर्दै

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 813
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उमाशंकर अरगरिया नेकपा एमाले प्रवेश गर्ने भएका छन्।

    असोज ८ गते नेकपा एमालेमा औपचारिक रूपमा प्रवेश गर्ने स्रोतले  पुष्टि गरेको छ ।



    अरगरिया २०७४ को चुनावमा धनुषा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा चुनाव जितेका थिए।



    त्यसबेला उनी संघीय समाजवादी फोरममा थिए। उनले मधेश केन्द्रित पार्टीले मधेशका जनताको अपमान गरेको आरोप लगाएका छन्।

    साविक समाजवादी पार्टीबाट निर्वाचित भएका उनी प्रमुख सचेतक समेत भएका थिए। जसपा र लोसपा विभाजित हुँदा उनले लोसपालाई रोजेका थिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार