Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • चिनियाँ जनकंग्रेसका अध्यक्ष ली स्वदे‍श फिर्ता, सभामुख सापकोटाले गरे विदाइ

    चिनियाँ जनकंग्रेसका अध्यक्ष ली स्वदे‍श फिर्ता, सभामुख सापकोटाले गरे विदाइ

    अनलाइन नेपाल
  • बिहिबार, ३० भाद्र २०७९
  • 912
    SHARES

    काठमाडौ । चारदिने नेपाल भ्रमणमा रहेको चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु स्वदेश फर्किएका छन् । सोमबार सभामुख अग्नी सापकोटाको निमन्त्रणमा लिको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोली बिहीबार स्वदेश फिर्ता भएको हो ।

    उनलाई सभामुख सापकोटाले आज बिहान ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।



    सोमबार काठमाडौं अवतरण गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटासँग द्विपक्षीय वार्ता गरेका थिए । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।



    चार दिने नेपाल भ्रमणका रहेका उनले बुधबार विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । ली नेतृत्वको चिनियाँ भ्रमण टोली विशेष विमानबाट बेइजिङ हुँदै दक्षिण कोरिया प्रस्थान गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार