Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी कब्जाबाट फिर्ता गरेको भूमिमा पुगे युक्रेनी राष्ट्रपति जेलेन्स्की

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले रुसले कब्जा गरेको भूमि फिर्ता गरेका ठाउँको भ्रमण सुरु गरेका छन् ।

पछिल्लो समय युक्रेनी सेनाले रुसी सेनालाई भगाउँदै कब्जा गरेका विभिन्न ठाउँका भूमि फिर्ता गरिरहेको छ ।

जेलेन्स्कीले हिजो इज्युम सहरमा पुगेर सेनालाई धन्यवाद दिएको तथा ठाउँठाउँमा युक्रेनी झण्डा फहराएको छ ।

जेलेन्स्कीले युक्रेनको एक इन्च भूमि पनि नछाड्ने र रुसले सन् २०१४ मा कब्जा गरेरको क्रिमिया पनि फिर्ता गर्ने बताए ।युक्रेन पछिल्लो समय पूर्वी युक्रेनमा आक्रामक बन्दै रुसले कब्जा गरेका भूमि फिर्ता लिइरहेको छ ।

खार्किभमा छोटो समयमै ८ हजार वर्ग किलोमिटरभन्दा धेरै भूमि फिर्ता लिइसकेको र अब पूर्वी डोनबास क्षेत्रमा निशाना बनाएर ठूलो र मुख्य सहर फिर्ता गर्ने अभियानमा रहेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077