Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पूर्णचन्द्रको निर्णय प्रभुरामले उल्ट्याए, सेना एक वर्षमै पृतना संरचनामै फर्कियो

काठमाडौं । नेपाली सेनाले पृतनाकै संरचनामा फर्किएको छ। यही भदौ २१ गते बसेको मन्त्रिपरिषदको बैठकले सेनालाई पुरानै संरचनामा फर्काउने निर्णय गरेको थियो । सो निर्णयसँगै जंगी अड्डाले पुरानै जिम्मेवारी क्षेत्र तोकेर देशभर पृतना पुनःस्थापना भएको सर्कुलर गरेको छ ।

चार कमाण्डको संरचना असफल भएपछि सरकारले पृतनामै फर्काउँदै पुरानै जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । त्यही निर्णयअनुसार नेपाली सेना पृतना, बाहिनी, गण र गुल्महरूको संरचनामा फर्किने भएको छ । अब फेरि नेपाली सेनामा आठ वटा पृतना रहने छन् ।

सैनिक मुख्यालयस्थित कार्यरथी विभागले बुधबार पुरानै संरचनामा फर्किएको भन्दै मातहतका सबै ब्यारेकलाई जानकारी गराएको हो।

पत्रमा नेपाली सेनाको परिचालन, कार्य प्रकृति र कमाण्ड कन्ट्रोल तथा नेपाल सरकारका अन्य निकायसँगको समन्वयको आवश्यकतालाई मध्यनजर गर्दै पुरानै पृतनाको संरचनामा फर्किनु परेको उल्लेख छ।

यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई कमाण्ड संरचनामा लगेका थिए । त्यसबेला सैनिक संगठनलाई समयसापेक्ष पुनरसंरचना गर्न भन्दै नदीको आधारमा पूर्वी, मध्य, पश्चिम र उपत्यका गरी चार वटा संरचना राखिएको थियो ।

तर हालका प्रधानसेनापति प्रभुराम शर्माले त्यसलाई उल्टाएका छन् । मन्त्रिपरिषदको पछिल्लो निर्णय अनुसार अब नेपाली सेना फेरि २०७४ अघिकै संरचनामा जाने छ । जसअनुसार पूर्वी, मध्य, मध्यपूर्वी, उपत्यका, पश्चिम, मध्यपश्चिम, उत्तरपश्चिम र सुदूरपश्चिम पृतना गरी आठ पृतना रहने छन् । तर तीन जोड एक कमाण्ड संरचना पनि तत्काललाई यथावत रहने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077