Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • नेपाल साफ यू-१७ को उपविजेता, फाइनलमा भारतसँग पराजित

    नेपाल साफ यू-१७ को उपविजेता, फाइनलमा भारतसँग पराजित

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाली युवा टोली श्रीलंकामा सम्पन्न साफ यू–१७ च्याम्पियनसिपमा भारतसँग पराजित भएको छ ।

    बुधबार श्रीलंकामा भएको फाइनल भिडन्तमा नेपाललाई भारतले ४-० गोलले पराजित गर्दै उपाधि जितेको हो । भने नेपालले फेरि पनि उपविजेतामै चित्त बुझाएको छ ।



    भारतका लागि बबी सिंहले १८ मिनेट, कोरोउ सिंहले ३० मिनेट, गुइटेले ६३ र अमनले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।



    यसअघि समूह चरणमा पनि नेपाल र भारत भिडेका थिए। सो खेलमा भने नेपालले भारतलाई ३-१ गोलले पराजित गरेको थियो।
    साफको यो प्रतिस्पर्धामा नेपाल फाइनलमा पराजित भएको चौथो पटक हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार