काठमाडौं । सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरु महाअभियोग समितिमा नजाने भएका छन् ।
महाभियोग सिफारिस समितिसँगको बयानमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नाम मुछेपछि न्यायाधीशहरुलाई पनि समितिले बोलाएको थियो । समितिले बोलाएपछि बसेको फुलकोर्टको बैठकले सहभागी नहुने निर्णय गरेको हो ।
फुलकोर्टको निर्णयमा भनिएको छ, “सो सम्बन्धमा महाभियोग सम्बन्धी कारवाही प्रक्रियाका सन्दर्भमा यस अदालतका न्यायाधीशले उपरोक्त लेखी आएअनुसार महाभियोग सिफारिस समितिमा उपस्थित हुनु र निजसँग सोधपुछ, सवाल जवाफ गरिनु स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधानले अंगीकार गरेका मान्यताहरु समेतका कुनै पनि दृष्टिले संविधानसम्मत् उचित र शोभनीय नहुने हुँदा प्राप्त हुन आएको पत्रानुसार कोही पनि न्यायाधीश उपस्थित हुन नमिल्ने भएकोले सोही बेहोराको जानकारी महाभियोग सिफारिस समितिमा तत्काल लेखी पठाइदिने ।”
यसअघि महाभियोग समितिले जबराले नाम मुछेका न्यायाधीशहरुलाई भोलि (बिहीबार) ८ः३० बजे बस्ने बैठक उपस्थिति हुन भनेको थियो। सोही सम्बन्धमा समितिलाई पत्र लेख्दै अदालतको पूर्ण बैठककबाट उपस्थित हुन नमिल्ने जानकारी गराएको हो।