Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रधानमन्त्री देउवाले गरे ‘परियोजना बैंक’ शुभारम्भ

    प्रधानमन्त्री देउवाले गरे ‘परियोजना बैंक’ शुभारम्भ

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 876
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवा लगानी बोर्डले तयार गरेको ‘सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानीयोग्य परियोजनाहरूको संग्रहको सूची’ (परियोजना बैंक) सार्वजनिक गरेका छन् ।

    लगानी बोर्डद्वारा आयोजित ‘दीगो पूर्वाधार विकास मञ्च, २०२२’ उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले लगानीकर्ता सहजीकरणका लागि तयार पारिएको ‘एक रोकाई सेवा (वान स्टप सर्भिस) डिजिटल सिष्टम’ पनि आरम्भ गरे ।



    उक्त डिजिटल प्लेटफर्ममार्फत् लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहजीकरणसँग सम्बन्धित सबै निकायहरू आवद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान गर्नेछन् ।



    उद्घाटन सत्रका अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको ‘नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने’ अध्ययन प्रतिवेदन पनि सार्वजनिक गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार