Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • चोलेन्द्र शमशेरलाई आराेप पुष्टि गर्न पूर्व न्यायाधीश फोरमको चुनौति

    चोलेन्द्र शमशेरलाई आराेप पुष्टि गर्न पूर्व न्यायाधीश फोरमको चुनौति

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 807
    SHARES

    फाइल फोटो

    काठमाडौं । पूर्व न्यायाधीश फोरमले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पूर्व न्यायाधीश फोरममा आवद्ध न्यायाधीशहरूमाथि लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    बुधबार विज्ञप्ति जारी गर्दै फोरमका अध्यक्ष टोपबहादुर सिंहले महाअभियोग सिफारिस समिति समक्ष आफू र फोरममा आवद्ध साथीहरूमाथि लक्षित गरी अमर्यादित शब्द प्रयोग गरेको सन्दर्भमा फोरमको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।



    आफूमाथि लगाएको महाअभियोगको आरोपपत्रका सम्बन्धमा सफाई पेश गर्ने प्रयोजनका लागि गलत बयान दिएको दावी गरेका छन् ।



    विज्ञप्तिमा भनिएको छ, ‘निलम्बित प्रधान न्यायाधीशको बयानप्रति पूर्व न्यायाधीश फोरमले खेद प्रकट गर्दछ। साथै, पूर्व न्यायाधीश फोरमसँग आवद्ध पूर्व प्रधान न्यायाधीश वा न्यायाधीशले निलम्बित प्रधान न्यायाधीशसँग कुनै पनि कुराको भागबण्डा, सहुलियत वा सुविधा लिएको वा माग गरेको तथ्य पुष्टि गर्न समेत चुनौति छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार