धनगढी । कर छलीको आशंकामा धनगढीको चौराहास्थित समैजी स्टोरमा आन्तरिक राजश्व कार्यालयले छापा मारेको छ ।
एउटै फर्म अन्तरगत विभिन्न कारोबार हुँदै आएको समैजी स्टोरमा आन्तरिक राजश्व कार्यालय धनगढीले बुधबार छापा मारेको हो ।
राजश्व कार्यालय धनगढीका अनुसार करसम्बन्धी शंकास्पद गतिविधि हुँदै आएको देखिएकाले छापा मारेर अनुसन्धान कार्य भइरहेको जनाएको छ ।
उजुरीको आधारमा अनुसन्धान कार्य भइरहेको बताउँदै उनले हाल स्टोक बुक भिडाउने भइरहेको छ। सो स्टोरले किराना सामानसँगै अन्य बस्तुको कारोबार हुँदै आएको छ ।
Leave a Reply