एजेन्सी । भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा पाँच हजार एक सय ८ जना नयाँ सङ्क्रमित भएका हुन् ।
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४५ हजार सात सय ४९ रहेको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पाँच हजार ६७५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा कोरोना भाइरस न्युनीकरणका लागि देशव्यापी निःशुल्क खोप अभियान चलाइ रहेपनि दैनिक रुपमा हजारौ मानिस सङ्क्रमित भइरहेका छन् ।
Leave a Reply