Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • दिल्लीमा नेपाल र भारतका परराष्ट्रसचिवबीच भेटवार्ता

    दिल्लीमा नेपाल र भारतका परराष्ट्रसचिवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 909
    SHARES

    काठमाडौं । दिल्लीमा नेपाल र भारतका परराष्ट्रसचिवबीच भेट वार्ता भएको छ । नेपाल र भारतका परराष्ट्रसचिवहरूबीच मंगलबार दिल्लीमा सीमा विषय, कनेक्टिभिटी, पूर्वाधार विकास, विद्युत् सहकार्यलगायत दुईपक्षीय सम्बन्धका विषयमा छलफल भएको हो ।

    मंगलबार भारतको औपचारिक भ्रमणमा गएका परराष्ट्रसचिव भरतराज पौडेललाई भारतीय समकक्षी विनयमोहन क्वात्राले हैदरावाद हाउसमा स्वागत गरेका थिए ।



    यसअघि प्रधानमन्त्रीस्तरीय वार्ता हुने ठाउँमा दुई देशका परराष्ट्रसचिवहरूको बैठक भएको थियो । हैदरावाद हाउसमा परराष्ट्रसचिवहरूबीच बेग्लै र प्रतिनिधिमण्डलस्तरीय बेग्लै छलफल भएको थियो ।



    औपचारिक वार्तामा दुई देशका व्यापारिक सहयोगका विविध क्षेत्रमा छलफल भएको थियो । पारवहन, जडान, पूर्वाधार, विद्युत् क्षेत्र, सिँचाइ तथा डुबान, कृषि, लगानी, विकास सहयोग, स्वास्थ्य क्षेत्रमा सहकार्य, संस्कृति र जनस्तरको सम्बन्धबारे विस्तारमा छलफल भएको थियो ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार