काठमाडौं । महाअभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने भएको छ ।
समितिले चोलेन्द्रले बयानको क्रममा नाम लिएका राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने निर्णय गरेको हो ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग एकसरो बयान लिएर सकेको समितिको बैठक आज बिहान बसेको छ ।
सो बैठकले जबराले नाम लिएका पूर्वन्यायाधीश लगायतसँग पनि सोधपुछ गर्ने निर्णय गरेको छ ।
तर पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुलाई समितिमा बोलाउने समितिले जनाएको छ ।
Leave a Reply