Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चमा प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडौं । संघीय संसद संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस भएका व्यक्तिविरुद्ध कुनै उजुरी वा सूचना भए पठाउन आग्रह गरेको छ ।

न्याय परिषद्बाट सिफारिस भई संसदीय सुनुवाइका लागि सिफारिस भएका नीता गौतम दीक्षित, विनोद शर्मा र दिननाथ पराजुलीबारे भए उजुरी वा सूचना दिन समितिले आग्रह गरेको हो ।

‘सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्ति गर्न उनीहरू उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाणसहित मिति असोज ७ गतेभित्र समितिमा समक्ष सूचना वा उजुरी दिन सकिनेछ‘, समितिले सार्वजनिक सूचना जारी गर्दै भनेको छ, ‘यस्तो सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन र सम्पर्क नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने र निजले चाहेमा सूचना दाताको नाम गोप्य राखिनेछ।’

७७ वटै जिल्लाका सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूले यस सूचनालाई जिल्ला प्रशासन कार्यालयलगायत सम्भव भएसम्म अन्य सरकारी कार्यालय एवं सार्वजनिक स्थलहरूमा टाँस्ने व्यवस्था गर्न पनि समितिले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077