Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • राष्ट्रपति भण्डारीले भनिन् – आधारभूत अधिकारबाट बालबालिकाहरुले अझै पनि बञ्चित हुनु परेको छ

    राष्ट्रपति भण्डारीले भनिन् – आधारभूत अधिकारबाट बालबालिकाहरुले अझै पनि बञ्चित हुनु परेको छ

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 816
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अझै पनि बाँच्न पाउने, संरक्षण पाउने, विकास र सहभागिताको आधारभूत अधिकारबाट बञ्चित हुनु परेको अवस्था कायमै रहेको बताएकी छन् ।

    राष्ट्रपति भण्डारीले राष्ट्रिय बाल दिवस, २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै राज्यबाट संवैधानिक‚ नीतिगत‚ कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिकाहरू अझै पनि यस्तो अवस्था रहेको बताएकी हुन् ।



    नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरी आवश्यक नीति‚ कानुन र संस्थागत संरचनाहरू निर्माण गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवं कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार‚ गैरसरकारी संघसंस्था, नागरिक समाज, अभिभावक, विद्यालय लगायत अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको आवश्यकता पर्ने बताएकी छन् ।



    उनले बालअधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै सबैका लागि बालअधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन् ।

    संयुक्त राष्ट्र संघीय बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले अनुमोदन गरेको दिनको स्मरण गर्दै बाल अधिकारको क्षेत्रमा नेपालले जनाएका अन्तर्राष्ट्रिय प्रतिबद्धता समेतलाई पूरा गर्न हरेक वर्ष भदौ २९ गते ‘राष्ट्रिय बाल दिवस’ मनाउदै आइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार