Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले थप्यो सशस्त्रमा एआईजीको दरबन्दी

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा एक एआईजीको दरबन्दी थप गरेको छ । भदौ २१ गते बसेको मन्त्रिपरिषद बैठकले एक एआइजीको दरबन्दी थप गरेको हो ।

कार्य तथा सीमा सुरक्षा विभाग फुटाएर एकजना एआईजीको दरबन्दी थप गरिएको हो । एक एआईजी थप गरेको निर्णय अहिलेसम्म गुपचुप राखिएको छ। सशस्त्रमा दुई एआइजीको दरबन्दी भएकोमा एक थप भएसँगै तीन पुगेको छ ।

सशस्त्रप्रहरी महानिरीक्षक राजु अर्याल राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन अमेरिका गएको समय त्यो दरबन्दी थपेको खुलेको छ।

एकजना एआईजीको दरबन्दी थपिएको पत्र गृहमन्त्रालयबाट सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय हलचोकमा पुगिसकेको बताइएको छ । थप भएको एआईजी पदमा डीआईजी वंशीधर दाहाललाई बढुवा गर्ने सरकारले तयारी गरेको छ ।

थप गरिएको एआईजी पदमा तुरुन्तै बढुवा प्रक्रिया थाल्न पनि दबाब बढाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077