काठमाडौं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल बहादुर थापाको सरुवा गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन सेलको संयोजकसमेत रहेका थापालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको हो । उनी प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा कार्यरत थिए ।
प्रतिष्ठानका एआईजी मुकुन्द आचार्यले केही दिन अघि मात्र अनिवार्य अबकाश पाएका थिए।
२०७९ मंसिरमा हुने निर्वाचनका लागि कार्य विभागका प्रमुख एआईजी थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको थियो ।
थापाको सरुवासँगै सो सेलको नेतृत्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्त कुँवरले सम्हाल्ने भएका छन् ।
मन्त्रिपरिषद्ले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचनको मिति घोषणा गरिसकेको छ ।
Leave a Reply