Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • सुनसरी प्रहरीले एकैदिन पक्राउ गर्‍यो ६१ जना फरार प्रतिवादी

    सुनसरी प्रहरीले एकैदिन पक्राउ गर्‍यो ६१ जना फरार प्रतिवादी

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 1K
    SHARES

    विराटनगर । सुनसरी प्रहरीले एकैदिन ६१ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

    अपराधिक घटनामा अदालतले दोषी ठहर गरे पनि कैद तथा जरिवाना भुक्तान नगरिकन फरार रहेका ६१ जना प्रतिवादी एकैदिन पक्राउ परेका हुन् ।



    मंगलबार एकै दिन ६१ जनालाई पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । उनीहरुलाई पक्राउ गरेर अदालतमा पेश गरिएको उनले बताए ।



    पक्राउ गरेर प्रहरीले बुझाएपछि कैदको फैसला भएका प्रतिवादीलाई अदालतले सजाय भुक्तानका लागि कारागार चलान गर्ने गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार