Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीको भविष्यवाणी - नोट गरेर राख्नुस् माधव नेपालको पार्टीले थ्रेसहोल्ड कटाउँदैन

पोखरा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टी नेकपा एकीकृत समाजवादीले आगामी मंसिरको चुनावमा थ्रेस होल्ड नै पार गर्न नसक्ने दाबी गरेका छन्।

पोखरामा आयोजित नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै ओलीले ३ प्रतिशत मत ल्याएर समाजवादी पार्टी राष्ट्रिय पार्टी नै बन्न नसक्ने बताएका हुन्।

उनले नेकपा माओवादी केन्द्रले भने यस पटकलाई जेनतेन थ्रेस होल्ड पारित गरेर राष्ट्रिय पार्टीको इज्जत जोगाउने बताए।

ओलीले भने, ‘चुनावसम्म माधव नेपालसँग खास कार्यकर्ता नै रहँदैनन्। तपाईंहरुलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्या होला नोट गरेर राख्नुस्।’

आम मतदाताले माधव नेपाललाई भोट दिनुपर्ने कुनै कारण नरहेको ओलीको जिकिर छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077