Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • नेपालका ठूला परियोजनामा लगानी बढाउन चान्सुलाई प्रचण्डको आग्रह

    नेपालका ठूला परियोजनामा लगानी बढाउन चान्सुलाई प्रचण्डको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 819
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष लि चान्सुसँगको भेटवार्तामा नेपालका ठूला परियोजनामा चिनियाँ लगानी भित्र्याउन आग्रह गरेका छन् ।

    मंगलवार बिहान बानेश्वरस्थित संसद् भवनमा भएको भेटवार्तामा प्रचण्डले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारीमार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा चिनियाँ लगानी बढाउन आग्रह गरेको उनको सचिवालयले बताएको छ ।



    त्यसैगरी, बेल्ट एण्ड रोड इनिसिटिभ्स (बीआरआई)लगायतका परियोजनामार्फत भइरहेका आयोजनाहरुको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने विषयमा पनि प्रचण्डले जोड दिएको सचिवालयले जानकारी दिएको छ ।



    माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीको सम्बन्ध कुटनैतिक मात्र नभई वैचारिक र भावनात्मक विषय पनि भएको प्रचण्डले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार