Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुप्तचर विभागको प्रमुखमा हुतराज नियुक्त

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को मुख्य अनुसन्धान निर्देशकमा हुतराज थापा नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई अनुसन्धान विभागको प्रमुखमा नियुक्त गरेको हो ।

हाल प्रमुख यदुलाल खरेलले मंगलबारदेखि अवकाश पाउने भएपछि बुधबारदेखि लागू हुने गरी थापाको नियुक्ति भएको हो । थापा विभागमा वरिष्ठतम अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थिए ।

उनले तीन वर्ष गुप्तचर विभागको नेतृत्व गर्नेछन् । उनीसँगै प्रमुखको प्रतिस्पर्धामा ओम जोशी थिए । त्यस्तै, रिक्त भएको अतिरिक्त मुख्य अनुसन्धान निर्देशनको पदमा टेकेन्द्र कार्कीको बढुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077