Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • जंगलमा सलले घाँटी कसेर श्रीमतीको हत्या, झोलाको फोटो र मोबाइलबाट खुल्यो रहस्य

    जंगलमा सलले घाँटी कसेर श्रीमतीको हत्या, झोलाको फोटो र मोबाइलबाट खुल्यो रहस्य

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । ललितपुरको फुलचोकीको जंगलमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेको खुलासा भएको छ । दोखलाको भीमेश्वर नगरपालिका–९ घर भइ ललितपुर हरिसिद्धी बस्दै आएका ६३ वर्षीय घ्याल्मो लामाले आफ्नी श्रीमती ४७ वर्षीया रुपा क्षेत्रीको हत्या गरेका हुन् ।

    जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले लामालाई श्रीमती हत्या आरोपमा पक्राउ गरेको छ । परिसर ललितपुरका प्रमुख तथा एसएसएपी यज्ञविनोद पोखरेलका अनुसार भदौ २६ गते ललितपुर प्रहरीलाई गोदावरी नरपालिका–३ स्थित फुल्चोकीको जंगलमा महिलाको शव फेला परेको खबर आयो ।



    सूचना पाएलगत्तै कोन्ज्योसोम प्रहरी चौकीबाट खटिएका प्रहरी तत्काल घटनास्थलमा पुग्दा घोप्टो परेको अर्ध नग्न अवस्थामा महिलाको शव देखियो ।



    टाउको गलिसकेको र शरीरका अन्य भाग पनि गल्न लागेको अवस्था शव फेला परेको प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले बताए । अनुसन्धानको क्रममा क्षेत्रीको हत्यामा उनकै श्रीमान लामाको संलग्नता देखिएको भन्दै प्रहरीले सोमबार बिहान ८ बजे युनपार्क नजिकबाट उनलाई पक्राउ गरेको हो ।

    सलले घाँटीमा कसेको अवस्थामा शव भेटिएपछि प्रहरीले कसैले कर्तव्य (हत्या) गरेको निष्कर्षसहित अनुसन्धान अघि बढाएको पोखरेलले बताए । प्रहरीका अनुसार घटनास्थलमा सिम कार्ड नभएको मोबाइल र झोला मुख्य प्रमाणकोरूपमा भेटिएको थियो ।

    सोही आधारमा अनुसन्धान गर्दै जाँदा महिला विवाहित रहेको र उनको श्रीमान् भएको तथ्य प्रहरीले पत्ता लगायो । अनुहारको भाग कंकालको रुपमा परिणत भइसकेकाले मृतकको पहिचान खुल्न सक्ने अवस्था थिएन ।

    फुल्चोकीको जंगलमा भेटिएको महिलाको शव रौतहट हजरियाकी ४७ वर्षीया रूपा क्षेत्री भएको पत्ता लगायो र हाल उनी ललितपुरको हरिसिद्धिमा बस्दै आएको सनाखत पनि भयो ।

    पोखरेलका अनुसार, लामाले ८ वर्ष अगाडि तेस्री श्रीमतीकारुपमा रूपालाई बिहे गरेका थिए । तर, उनीहरूको सम्बन्ध कहिल्यै सौहार्द नभएको बयानको क्रममा लामाले बताएको पोखरेलले जानकारी दिए । पहिलो श्रीमतीको मृत्यु भएपछि आइतमाया तामाङलाई दोस्रो श्रीमतीको रुपमा घ्याल्मोले भित्र्याएका थिए । हाल हत्या गरिएकी रुपासँग भने ७ वर्षअघि ज्यामी काम गर्ने क्रममा घ्याल्मोको चिनजान भएपछि विवाह भएको थियो । उनीतर्फका भने छोराछोरी छैनन्।

    विवाह गरेदेखि नै रुपासँग नराम्रो सम्बन्ध भएको घ्याल्मोले प्रहरीसमक्ष बयान दिएका छन् । श्रीमती रुपा दिनहुँ रक्सी पिएर आफूलाई कुट्ने गरेको घ्याल्माले बताएका छन् । रूपाले दुई थप्पड हिर्काएपछि घ्याल्मो घरबाट निस्किए । उनको पछि-पछि रूपा पनि निस्किइन् । रिसमा हिँडेका घ्याल्मो एउटा माइक्रो भ्यानमा चढेर फुल्चोकीतिर लागे। उनलाई पछ्याउँदै रूपा पनि गोदावरीको अन्तिम स्टपसम्म पुगिन् ।

    त्यहाँबाट हिँडेर उनीहरू फुल्चोकीको जंगलतर्फ लागे । फुल्चोकीको एक ठाउँमा पुगेर फेरि झगडा गर्न थालेका थिए । डाँडाको थाप्लोमा फूल्चोकीमाई छिन् भने नजिकै बौद्ध चैत्य। त्यहाँ डोरीमा थुप्रै ध्वजापता झुन्ड्याइको थियो। झोंक चलेपछि घ्याल्मोले त्यही डोरीले घाँटी कसेर रूपाको हत्या गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले जानकारी दिए । हत्या गरेपछि घ्याल्मो त्यहाँबाट फर्किए।

    प्रहरीका अनुसार लामाले भदौ १६ गते दिउँसो १२ देखि १ बजेको समयमा श्रीमतीको हत्या गरेको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार