Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • मिटरब्याजी अपराधी नियन्त्रण सिफारिस कार्यदलले गृहमन्त्री खाँणलाई बुझायो प्रतिवेदन

    मिटरब्याजी अपराधी नियन्त्रण सिफारिस कार्यदलले गृहमन्त्री खाँणलाई बुझायो प्रतिवेदन

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 975
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन र गृहमन्त्री बालकृष्ण खाणको निर्णयबाट गठित मिटरब्याजी अपराध नियन्त्रणका उपाय सिफारिस गर्न गठित कार्यदलले तोकिएको समयसीमाभित्रै मिटरब्याजी अपराध नियन्त्रणका उपाय सहितको प्रतिवेदन बुझाएको छ ।

    कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले सोमबार गृहमन्त्री खाँणसमक्ष प्रतिवेदन पेश गरेका हुन् ।



    कार्यदल गठन भएको एक घण्टाभित्रै नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट सङ्गठित भई काठमाडौं माइतिघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको ‘मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समिति’ सँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी समेतको उपस्थितिमा वार्ता समेत गरेको थियो ।



    देशैभरी मिटरब्याजीको जालो फैलिएको अवस्थालाई मध्यनजर गरी मिटरब्याज पीडित व्यक्तिहरूबाट त्यस्ता मिटरब्याजीले गरेका अपराध र शोषण विरुद्ध आआफ्नो जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा भदौ ५ गतेभित्र यथासम्भव बढी तथ्य प्रमाण सहित उजुरी दर्ता गर्न कार्यदलले सार्वजनिक सूचना जारी जारी गरेको थियो ।

    हाल देशभरबाट गरी २२८९ उजुरीहरू जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार