Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

संघीय संसद् र चीनको जनकांग्रेसबीच ६ बुँदे समझदारी, बीआरआई पनि समेटियो

काठमाडौं । नेपालको संघीय संसद र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा आयोजित विशेष समारोहकाबीच सोमबार साँझ समझदारपत्रमा हस्ताक्षर भएको हो।

समझदारी पत्रमा नेपालका तर्फबाट संघीय संसद्को नेतृत्व गर्दै सभमामुख अग्निप्रसाद सापकोटा र जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चाङ्सुले हस्ताक्षर गरे।

विकास र समृद्धिका लागि चीरकालसम्म मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई सहयोगको रणनीतिक साझेदारीमा अभिवृद्धि गर्ने गरी भएको निर्णयलाई पुनः पुष्टि गर्दै समझदारी भएको बताइएको छ।

दुई संसदबीचको समझदारी पत्रमा चीनले अघि बढाएको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएभिडबारे पनि उल्लेख गरिएको छ।

यस्तो छ समझदारी पत्र :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077