काठमाडौं । सर्वोच्च अदालतले उपभोक्ता अदालत गठन गर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासले उपभोक्ता अदालत गठन गर्न आदेश दिएको हो ।
सरोकारवालासँग आवश्यक समन्वय र अध्ययन गरी छिटो भन्दा छिटो उपभोक्ता अदालत गठन गर्न भनिएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालको तर्फबाट परेको रिटमा सर्वोच्चले फैसला गरेको हो ।
नेपालको संविधानको धारा ४१ ले उपभोक्ताको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ ।