Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक छ : केपी ओली

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन्।

सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताएका हुन्।

उनले एमालको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधार लगायतको विकास हुने बताए । आगामी निर्वाचनले देशप्रति समर्पित सरकार दिन सक्नुपर्ने पनि उनले बताए ।

अध्यक्ष ओलीले अहिलेको निर्वाचन समान्य निर्वाचन नभएको र देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन भएको धारणा राखे। ओलीले अबको निर्वाचन एमालेको पक्षमा नआए देश बर्बाद हुने समेत बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077