Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्ट्राइकर सावित्राले श्रीलंकाविरुद्धको खेल गुमाउने

काठमाडौं । नेपाली राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारीलाई डेंगु संक्रमण भएको छ ।

साफ च्याम्पियनसीप खेल्ने राष्ट्रिय टोलीमा रहेकी उनी अस्वस्थ्य भएपछि गरिएको स्वास्थ्य परीक्षणमा डेंगु पुष्टि भएको हो ।

प्रशिक्षक कुमार थापाका अनुसार आजको खेल (श्रीलंकाविरुद्ध) गुमाउने उनले निको नभए बाँकी खेल पनि गुमाउने छिन् ।

पहिलो खेलमा भुटानलाई हराएको नेपालले समुह ‘बी’को अन्तिम खेलमा श्रीलंकासँग खेल्ने छ ।

बेलुकी ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन यो खेल ३ गोलभन्दा कमको अन्तरले हारे पनि नेपाल सेमिफाइनलमा पुग्ने छ ।

सावित्राले भुटानविरुद्ध भएको पहिलो खेलमा नेपालका लागि २ गोल गरेकी थिइन् । उक्त खेल नेपाल ४-० ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077