Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

दलित बस्तीमा आधारभूत विद्यालय बनाइदिने ओलीको घोषणा

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसको दलित बस्तीमा आधारभूत विद्यालय बनाइदिने घोषणा गरेका छन् ।

आज जनकपुरमा आयोजित नेपाल बौद्धिक परिषद् मधेस प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ओलीले यस्तो उद्घोष गरेका हुन् ।

मधेस क्षेत्र आफैँमा ज्ञानको गहिरो ज्योति भएको ठाउँ रहेको बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले त्यस क्षेत्रका जनताहरू अझै अशिक्षित हुनु बिल्कुलै नसुहाउने बताए ।

उनले भने, ‘दलित बस्ती र त्यसको आसपासमा तपाईँहरूलाई आवश्यक पर्छ भने एउटा आधारभूत विद्यालय म बनाइदिन्छु ।’

उनले मधेस ज्ञान, ध्यान, तपोवन तथा देवभूमि भएको बताए । भूमि आज यसरी पिछडिएको हुनु शोभा नदिने ओलीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077