काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार र मलेसियाका लागि नवनियुक्त राजदूतहरुलाई सपथ ग्रहण गराएकी छन् ।
राष्ट्रपतिको कार्यालयमा म्यानमारका लागि हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि
डिल्लीराज पौडेलले राजदूतको पद तथा गोपनियताको सपथ ग्रहण गरेका शीतल निवासका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिए ।
कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्कालगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
Leave a Reply