Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

ओलीलाई कालो झन्डा देखाउन खोज्ने ११ जना पक्राउ

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झन्डा देखाउन खोजेको भन्दै प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

जनकपुर विमानस्थलबाट कार्यक्रम स्थलतर्फ जाँदै गरेका ओलीलाई आज कालो झन्डा देखाउन खोजेको भन्दै प्रहरीले ११ जनालाई पक्राउ गरेको हो ।

कालो झन्डा बोकेर बसेकाहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ११ जनालाई नियन्त्रणमा लिइए पनि उनीहरूको नाम भने प्रहरीले खुलाएको छैन।

ओलीले आज जनकपुरको तिरहुतियागछीमा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभामा बोल्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077