जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुरधाम पुगेका छन् ।
उनलाई पार्टी नेता तथा कार्यकर्ताले जनकपुरधाम विमानस्थलमा स्वागत गरेका छन् ।
तिरहुतियागछीमा एमाले जिल्ला कमिटीले आमसभा आयोजना गरेको छ ।
ओली सुरुमा यात्री निवासमा एमाले निकट बौद्धिक परिषद्ले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन् । त्यसपछि आमसभालाई सम्बोधन गर्नेछन् ।
आमसभालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । आमसभामा पार्टी प्रवेश कार्यक्रम पनि राखिएको छ ।
नोपली कांग्रेसका नेता सन्तोष यादवसहित नेताहरु पार्टी प्रवेश गर्ने तयारी छ ।
Leave a Reply