Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सन्दीप प्रकरणमा रिमाकाे प्रश्न-आराेपकै भरमा कालोसूचीमा राख्न मिल्छ?

काठमाडौं । नायिका तथा रियालसटी शो होस्ट रिमा विश्वकर्माले सन्दीप लामिछाने प्रकरणमा बोल्दै आरोप लागेकै भरमा राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गर्नु गलत रहेको आशय प्रकट गरेकी छन्।

यदि सन्दीप दोषी भए कानुनबमोजिम कारबाही हुनुपर्ने बताउँदै उनले आज सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सो प्रश्न गरेकी हुन्।

यही प्रसंगलाई जोड्दै रिमाले प्रश्न गरेकी छन्,’आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय खेलाडीलाई कालोसूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ?’

राष्ट्रिय क्रिकेट टिमको कप्तानसमेत रहेका ‍लामिछानेलाई भाद्र पाँच गते नाबालिग किशोरीलाई बलात्कारको आरोप लागेपछि क्यानले निलम्बन गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077