Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • स्थानीय चुनावमा खर्च विवरण नबुझाउनेहरु अहिले उम्मेदवार बन्न पाउँदैनन् : थपलिया

    स्थानीय चुनावमा खर्च विवरण नबुझाउनेहरु अहिले उम्मेदवार बन्न पाउँदैनन् : थपलिया

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 822
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थपलियाले यस्तो बताएका हुन् । उनले स्थानीय चुनावका १ लाख १५ हजार उम्मेदवारले खर्च विवरण नबुझाएकाले कारबाही गर्नुपर्ने बताए ।



    थपलियाले भने, ‘कारबाहीमा परेपछि को को असोज २ र ३ गते हुने समानुपातिक बन्द सुचीमा रहन पाइन्न । २३ गतेको प्रत्यक्षमा उम्मेदवार मनोनयन हुदैन ।’



    स्थानीय चुनाव जितेकाहरुले पनि खर्च विवरण नबुझाएको भए कारबाही हुने थपलियाले बताए । स्थानीय चुनावमा खर्च विवरण नबुझाउनेहरुलाई कारबाहीको विषयमा सोमबार निर्णय हुने उनले जानकारी दिए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार