Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड, १८ लाखको हात खाली

    श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँड, १८ लाखको हात खाली

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 849
    SHARES

    फाइल फोटो

    काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ)मा निष्काषन तथा बाँडफाँड भएको छ ।

    सोमवार बिहान बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा भएको बाँडफाँडमा ३६ हजार ८५९ जनाले मात्र गोलाप्रथाबाट १० कित्ता सेयर पाएका छन् ।



    यस्तै १८ लाख १ हजार ८९२ आवेदकको हात खाली भएको छ । आईपीओमा कुल १८ लाख ३८ हजार ७५१ वटा आवेदन परेकोमा १ हजार ३१५ आवेदन रद्द भएको छ । १८ लाख ३७ हजार ४३६ आवेदनलाई बाँडफाँडमा सहभागी गराइएकोमा १८ लाख ५७७ जनाले शेयर पाएनन् ।



    कुल १ करोड ९९ लाख ७२ हजार ६८० कित्ताका लागि आवेदन परेकोमा १५ हजार ७० कित्ता बदर भई १ करोड ९९ लाख ५७ हजार ६१० कित्ताको मागलाई बाँडफाँडमा सहभागी गराइएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

    कम्पनीले कुल ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासन गरेको हो ।

    जसमध्ये ५ हजार ४७० कित्ता कम्पनीका कर्मचारीहरुको लागि छुट्याईएको थियो भने १९ हजार ६९० कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो ।सर्वसाधारणका लागि ३ लाख ६८ हजार ५९० कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार