Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वी युक्रेनमा बिजुली आपूर्ति बन्द, ९० लाख मानिसको जनजीवन प्रभावित

एजेन्सी । रुसले युक्रेनी प्रत्याक्रमणविरुद्ध पूर्वी युक्रेनमा विद्युत् कटौती गरेको छ । युक्रेनको सेनाले रुसको कब्जामा रहेको भू-भाग फिर्ता लिन आक्रमण तीब्र बनाइरहेका बेला पूर्वी युक्रेनमा भने बिजुली आपूर्ति नै बन्द गरिएको हो ।

युद्धग्रस्त पूर्वी युरोपका अधिकांश भागमा बिजुलीको आपूर्ति बन्द हुँदा अन्धकार भएको हो । साथै जनजीवन समेत पूरै कष्टकर बनेको युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले बताए । उनले बिजुलीको आपूर्ति बन्दको आरोप भने रुसमाथि लगाएका छन् ।

बिजुली बन्द हुँदा पानी आपूर्ति समेत बन्द भएको छ । जसबाट डोनेत्स्क क्षेत्रका ९० लाख मानिसको जनजीवन प्रभावित भएको जनाइएको छ ।

रुसले सर्वसाधारणलाई उर्जा र तातोबाट बञ्चित गरेर सताउन खोजेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आरोप लगाए । त्यस्तै जापोरिजिया र खार्किभ क्षेत्रमा पनि बिजुली आपूर्ति नियमित रुपमा भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077