कास्की । कास्कीमा जुवा खेल्दै गरेको अवस्थामा ८ जना पक्राउ परेका छन् । प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेको सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जना जुवाडेलाई पक्राउ गरेको हो।
हिजो बेलुका प्रहरी टोलीले नगद १ लाख ७ हजार २ सय ५५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा तनहुँ देवघाट स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १३ मियापाटन बस्ने घरधनी ४४ वर्षीय सूर्यकुमारी गुरुङ, सर्लाही घर भई पोखरा ९ ११ रानीपौवा बस्ने ३८ वर्षीय ललितकुमार बस्नेत, सोही ठाउँ बस्ने ३५ वर्षका रूपक बस्नेत, पोखरा-११ फुलबारी बस्ने ४० वर्षीय दिपक खड्का, पोखरा-७ बस्ने ३१ वर्षका सूर्य थापा, पोखरा-११ बस्ने ३७ वर्षीय रमेश ठकुरी, पोखरा-१३ बस्ने ४० वर्षका आशबहादुर गुरुङ र लमजुङ राईनाश-१० घर भइ हाल जिल्ला कास्की पोखरा-१० बस्ने वर्ष ४४ कमला गुरुङ रहेका छन्।
उनीहरुकोसाथबाट प्रहरीले २ सय ११ पत्ती तास बरामद गरेको छ । हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डीएसपी तिवारीले बताए ।
Leave a Reply