Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • हिरासतबाट छुटेका अपूर्व क्षितिजले खोले मुख , भन्छन् – भन्न धेरै कुराहरू बाँकी छन्

    हिरासतबाट छुटेका अपूर्व क्षितिजले खोले मुख , भन्छन् – भन्न धेरै कुराहरू बाँकी छन्

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 1.1K
    SHARES

    कनठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहले आफूले भन्न धेरै कुराहरू बाँकी रहेको बताएका छन् । हिरासतबाट छुटेर आइतबार उनले फेसबुकमा स्ट्याटस लेख्दै सो कुरा बताएका हुन् । उनले आफूसँग भन्न बाँकी धेरै कुराहरू भएको बताए ।

    ‘मसँग जे पनि भएको छ त्यसबारेमा भन्न बाँकी धेरै कुरा छन्। तपाईंहरूले देख्नुभएको १० प्रतिशत मात्रै हो। तर यो बोल्नका लागि ठीक समय होइन,’ उनले भने, ‘म एक दिन बोल्नेछु।’



    उनले आफूमाथि लगाइएका मुद्दाको किनारा लाग्न पनि बाँकी भएको बताए । उनले आफूलाई समर्थकहरूलाई धन्यवाद समेत दिएका छन्।



    उनले आफ्नो स्वास्थ्य अवस्थामा पनि सुधार भएको पनि बताए । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सरकारी वकिल कार्यालय काठमाडौंको रायअनुसार गत बिहीबार तारेखमा छाडिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार