Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनी सेनाले फिर्ता लियो रुसले कब्जा गरेको कुपियान्स्क क्षेत्र

एजेन्सी । युक्रेनी सेना प्रमुख पूर्वी सहर कुपियान्स्कमा प्रवेश गरेका छन् । युक्रेनको रक्षा मन्त्रालयका अनुसार युक्रेनी सेनाले भिषण आक्रमण गरेपछि रुसी सेना कुपियान्स्कबाट भागेका छन् ।

कुपियान्स्क पूर्वी युक्रेनमा रुसी सेनाका लागि अत्यावश्यक आपूर्ति केन्द्र हो । यो सहरलाई रुसले फेब्रुअरीमा आक्रमण भएको एक हप्तापछि नै कब्जामा लिएको थियो । युक्रेनी विशेष बलहरूले कुपियान्स्क फिर्ता गर्नुलाई निकै महत्त्वपूर्ण सफलता भनेका छन् ।

बीबीसीले लेखेको छ, यदि युक्रेनी सेनाले यो सहर फिर्ता गरेको हो भने रुसले कब्जा गरेका हरेक ठाउँ पुनः फर्काउन युक्रेन सक्षम र सफल हुँदैछ ।

युक्रेनले रुसले कब्जा गरेको तीन हजार वर्ग किलोमिटर भूमि फिर्ता भइसकेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077