Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • लगानी बोर्डको ‘दीगो पूर्वाधार लगानी फोरम’ भदौ २९ मा, पाँच सय बढी सहभागी हुने

    लगानी बोर्डको ‘दीगो पूर्वाधार लगानी फोरम’ भदौ २९ मा, पाँच सय बढी सहभागी हुने

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । लगानी बोर्डले यही भदौ २९ मा काठमाडौंमा ‘सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम २०२२’ को आयोजना गर्ने भएको छ।यसअघिका लगानी सम्मेलन जस्तो वृहत सम्मेलन भने यो होइन।

    लगानी बोर्ड नेपालले दिगो विकास लक्ष्य प्राप्तिका लागि हरित, उत्थानशील र समावेशी विकास (जीआरआईडी) हासिल गर्ने सम्बन्धमा पूर्वाधार सम्मेलन आयोजना गर्ने भएको हो ।



    नेपालले विश्व जलवायु सम्मेलन (कोप–२६)मा नेट जीरो कार्बन (शून्य कार्बन उत्सर्जनका)े लक्ष्य प्राप्तिका लागि जाहेर गरेको प्रतिबद्धताका लागि साधन स्रोतको परिचालनमा उक्त फोरम कोशेढुंगा सावित हुने लगानी बोर्डले अपेक्षा गरेको छ ।



    कार्यक्रमको उद्देश्य हासिल गर्ने पक्षलाई विचार गर्दै लगानीकर्ता÷निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैंक तथा वित्तीय संस्था, विज्ञ÷विशेषज्ञ, सञ्चारक्षेत्र लगायत सरोकारवालाहरू साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तित्वहरू, विकास तथा पूर्वाधार क्षेत्रका विज्ञहरूको सहभागितालाई जोड दिइने छ ।

    कार्यक्रमको उद्घाटन प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्षबाट हुनेछ । एक दिनका लागि सञ्चालन हुने यस कार्यक्रममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाहरूको बारेमा विज्ञहरूबीचमा सैद्धान्तिक बहस हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार