काठमाडौं । नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेको छ ।
नागरिकता विधेयक राष्ट्रको हितमा नरहेको र यसलाई खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले आइतबार काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।
सो क्रममा उनीहरूले नागरिकता विधेयक खारेज गर, नागरिकता बेच्न पाइँदैन, दलालहरू होसियारलगायतका नारा लगाएका थिए ।
अहिलेको नागरिकता विधेयकले विदेशीहरूलाई नागरिकता दिने बाटो खुला हुने भएकाले खारेज गर्नुपर्ने अनेरास्ववियुको भनाइ छ ।
Leave a Reply