काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आजको बयान सकिएको छ।
महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई भदौ २८ गते दिउँसो १ बजे बयानका लागि फेरि बोलाएको छ।
आइतबार समितिले जबरासँग २४ वटा प्रश्न सोधेको छ। योसहित समितिले ३५ वटा प्रश्न सोधिसकेको छ। बयानका लागि ४३ वटा प्रश्न तयार पारिएका छन्।
प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ। यसअघि समितिले भदौ १५ र १६ र १९ मा जबरासँग बयान लिएको थियो।
जबरामाथि अनुसन्धान गर्न ११ सदस्यीय समिति गठन गरिएको छ। जबरासँग प्रतिनिधिसभा, महाअभियोग सिफारिस समितिले भदौ १५ बाट बयान लिन सुरु गरेको हो।
Leave a Reply