काठमाडौं । जह इन्टरटेनेमन्ट प्रालिको आयोजनामा भएको चौथो संस्करणको ‘मिस्टर एण्ड मिस थारु २०२२’ को उपाधि बर्दियाका लालबहादुर रत्गैया र अस्मिता चौधरीले जितेका छन् ।
शनिबार साँझ काठमाडौँमा भएको ग्राण्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकी अस्मिता चौधरीले मिस थारुको उपाधि जितेकी हुन् । उनले उपाधिसँगै नगद ५० हजार, क्राउन र अन्य विभिन्न उपहार प्राप्त गरिन् ।
त्यसैगरि १५ जना प्रतिस्पर्धीलाई पछि पार्दै बर्दियाकै लालबहादुर रत्गैया मिस्टर थारु २०२२ को उपाधि जित्न सफल भएका हुन् । उनले पनि नगद ५० हजार र विभिन्न उपहारहरु प्राप्त गरे ।
थारु कला, सँस्कृति प्रवद्र्धनका लागि हरेक वर्ष यस सौन्दर्य प्रतियोगिता आयोजना गरिदै आएको छ ।
ग्राण्ड फिनालेमा उपाधिका लागि १७ महिला र १६ पुरुष गरि ३३ जना प्रतिस्पर्धामा थिए । प्रतियोगिताका लागि काठमाडौँ, विराटनगर, झुक्का, वीरगञ्ज, चितवन, बुटवल, टिकापुर, नेपालगञ्जलगायत १० जिल्लाका मुख्य शहरहरुमा अडिसन गरिएको थियो ।
यस प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको हो ।
Leave a Reply