Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नवौं राष्ट्रिय खेलकुद : प्रदेश १ लाई हराउँदै सुदूरपश्चिम विजयी

    नवौं राष्ट्रिय खेलकुद : प्रदेश १ लाई हराउँदै सुदूरपश्चिम विजयी

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । ललितपुरमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई पराजित गर्दै पहिलो जीत दर्ता गराएको छ ।

    पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश १ लाई १३ रनले पराजित गरेको हो ।



    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले दिएको १४५ रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ७ विकेट गुमाएर १३१ रन मात्र बनाउन सक्यो । प्रेदश १ का लागि दिपेश कँडेलले अविजित रहँदै सर्वाधिक ३४ रन बनाए ।



    कप्तान फिदर्वस अन्सारीले ३३ रन जोडे भने सोनु मण्डलले अविजित २६ रन जोडे । दिपेश र सोनुले आठौं विकेटका लागि अविजित ५४ रनको साझेदारी गरे पनि जितका लागि पर्याप्त भएन ।

    सुदूरपश्चिमका लागि मिलान बोहराले २ तथा हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेर्न साउद र नारायण जोशीले समान एक विकेट लिए ।

    यो जोडीले पाँच विकेटका लागि एक सय रन जोडे । बसन्तले ४१ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाउँदा मिलनले ३० बलमा ४४ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । लोकेन्द्र चन्दले ११ बलमा २४ रन जोडे । बलिङमा प्रदेश १ का फिर्दोस अन्सारीले ३ तथा दिपेश कँडेलले २ विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार