काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसँगको तातोपानी नाकालाई सहज रुपमा खुल्ला गर्न आफूले निरन्तर चिनियाँ अधिकारीसँग छलफल गरिरहेको बताएका छन् ।
आइतबार कांग्रेस नेता मोहन बहादुर बस्नेतसहित व्यवसायीहरुको टोलीसँगको छलफलका क्रममा मन्त्री खड्काले उक्त नाकालाइ सहज रुपमा सञ्चालनका लागि आफुले पटक पटक चिनिया अधिकारीसंग छलफल गरेको बताएका हुन् ।
उनले चीनबाट सामान ल्याउनका लागि उक्त नाका सहज भएपनि पछिल्लो समय देखिएको विभिन्न समस्याका बारेमा सरकार जानकार रहेको जिकिर गरे ।
तीब्बतमा कोरोनाको उच्च संक्रमण रहेकाले पनि नाका खुल्ला गर्नका लागि आनाकानी भएको देखिएपछि चाडपर्वका बेला सामान आयात गर्नका लागि पनि सरकारले पटक पटक ध्यानाकर्षण गराइएको उनले बताए ।
Leave a Reply