Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कपनमा खहरे बग्ने बित्तिकै सबैभन्दा बढी गाली मैले खान्छु : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कपनमा खहरे बग्ने बित्तिकै आफुले गाली खाने गरेको बताएका छन् ।

प्रश्तावित धोबिखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले धोबी खोला कोरिडोरको कपन-बुढानीलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गरे ।

उनले भने, ‘यो क्षत्रमा सबै भन्दा बढी गाली खाने मान्छे म हुँ । कपनमा पानी आएर खहरे बग्ने बित्तिकै सबैभन्दा बढी गाली मैले खान्छु। ’

यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउन साथ सबभन्दा धेरै गाली खाने गरेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077